पावर न्युज एक्सप्रेस, समाचार | असार १९ गते धादिङमा ‘छैटौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता’ हुने

असार १९ गते धादिङमा ‘छैटौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता’ हुने

असार १९ गते धादिङमा ‘छैटौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता’ हुने
14482  पटक हेरिएको

निराज रानाभाट, धादिङ । धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका -१, मार्पाकमा अवस्थित श्री निरञ्जना माध्यमिक विद्यालयमा असार १९ गते ‘छैटौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता – २०८३ ’ आयोजना हुने भएको छ । उक्त प्रतियोगिता निरञ्जना भूतपूर्व शिक्षक तथा विद्यार्थी छात्रवृत्ति कोष २०५६ को संरक्षणमा र श्री निरञ्जना माध्यमिक विद्यालयको संयोजकमा, मार्पाक सामुदायिक क्लबको आयोजनामा तथा श्री निरञ्जना एसइई ब्याच २०५६ को सह – आयोजनामा सम्पन्न हुने छ । यस प्रतियोगिताको मुख्य प्रायोजकमा चन्द्र ब. – बुनादेवी अधिकारी अक्षयकोष समिति रहेका छन् ।

छैटौं संस्करणको प्रतियोगितामा नेत्रावती डबजोङ्ग गाउँपालिकाभरिका विद्यालयका कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरू सहभागी हुन पाउने छन् । उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूले नगदसहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन्, भने चौथो र पाँचौं स्थान प्राप्त गर्ने ३ जनालाई नगद र प्रमाण-पत्र प्रदान गरिने छ । यस्तै, छैठौं स्थान प्राप्त ४ जनालाई आकर्षक उपहारसहित प्रमाण-पत्र दिइने छ र बाँकी सहभागी सबैलाई सान्त्वना स्वरूप सहभागिताको प्रमाण-पत्र प्रदान गरिने छ ।

कार्यक्रम संयोजक तथा मार्पाक सामुदायिक क्लबका महासचिव काजिराम अधिकारीका अनुसार प्रतियोगिताले विद्यार्थीहरूको सृजनात्मक क्षमता अभिवृद्धि गर्न तथा नेपाली भाषाको शुद्ध लेखन अभ्यासमा टेवा पुर्‍याउने उद्देश्य राखेको छ । उक्त प्रतियोगिताको अनलाइन मिडिया पार्टनरमा जनअपडेट डटकम, भिजन न्यूज नेपाल डटकम, क्लिक बुलेटिन डटकम र धादिङ सञ्चार डटकम रहेका छन्, भने टिभी पार्टनरमा दिव्य दर्शन टेलिभिजन र रेडियो पार्टनरमा निलकन्ठ एफएम रहेको छ ।

सम्बन्धित खबर

भिडियो