पावर न्युज एक्सप्रेस, समाचार | एस.ई.ई. सम्मान कार्यक्रम २०८३ सम्पन्न 

एस.ई.ई. सम्मान कार्यक्रम २०८३ सम्पन्न 

एस.ई.ई. सम्मान कार्यक्रम २०८३ सम्पन्न 
23015  पटक हेरिएको

 

२०८३ असार १३ गते शनिबार, यस संस्था अन्तर्गत शिक्षा तथा प्रकाशन उपसमितिको आयोजनामा बनेपा–०६, बुडोलस्थित चेतना केन्द्रको सभा हलमा एस.ई.ई. सम्मान कार्यक्रम २०८३ सम्पन्न भएको छ ।

कार्यक्रममा एस.ई.ई परीक्षा २०८२ मा सामेल भई उत्तीर्ण हुने संस्थामा आबद्ध १९८ जना कोपिला बालबचतकर्ता भाईबहिनीहरुलाई बधाई तथा शुभकामना पत्र र स्कूल÷कलेज ब्याग मायाको चिनो सहित सम्मान गरिएको थियो । सहभागी विद्यार्थीहरुमध्ये संस्थागत विद्यालय तर्फ सर्वोत्कृष्ट जि.पि.ए. हासिल गर्ने छात्रातर्फ इशिका के.सी. र छात्रतर्फ कृतिक दाहाल र आदित्य सापकोटा र सामुदायिक विद्यालय तर्फ सर्वोत्कृष्ट जि.पि.ए. हासिल गर्ने छात्रातर्फ श्रीया खत्री र छात्रतर्फ सचिन गिरीलाई नगद रु.५ हजार र सम्मान पत्र समेत प्रदान गरिएको थियो ।

संस्थाका शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक गायत्री खड्काको सभापतित्व र प्राध्यापक तथा शिक्षाविद् भोलाबहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन शिक्षा तथा प्रकाशन उपसमिति सदस्य तारानाथ बजगाईले गर्नुभएको थियो ।

शिक्षा तथा प्रकाशन उपसमिति संयोजक गायत्री खड्काले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा संस्थाका अध्यक्ष कैलाश के.सी.ले संस्थाको जानकारी सहित शुभकामना मन्तव्य र प्राध्यापक तथा शिक्षाविद् भोलाबहादुर के.सी.ले शिक्षाको महत्वसहित शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सम्बन्धित खबर

भिडियो