काठमाडौं – गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जि.सी लगायत गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत कर्मचारीहरु बाट गण्डकी प्रदेश प्रहरी कार्यालय परिसर भित्र वृक्षारोपण सम्पन्न भएको छ ।
वातावरणलाई सफा, स्वच्छ, निर्मल राख्नुका साथै जैविक सन्तुलन कायम राख्न र मानिसको दैनिक जिवनमा हराभरा वातावरणले पार्ने सकरात्मक प्रभावलाई मध्यनजर गर्दै कार्यालय परिसर भित्र वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमूख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जि.सी, प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण प्रसाद कोईराला, प्रहरी नायव उपरीक्षक राजेन्द्र उपाध्याय, विरेन्द्र सोम पौडेल लगायत अन्य प्रहरी कर्मचारीहरु बाट लिचि, आंप, कटहर जस्ता फलफुलका वृक्षारोपण गरिएको थियो ।











