पावर न्युज एक्सप्रेस, समाचार, सुरक्षा | स्व. रत्न गिरिको जन्मदिनको सम्झनामा आर्शु स्मृति प्रतिष्ठान नेपालद्वारा सहयोग हस्तान्तरण

स्व. रत्न गिरिको जन्मदिनको सम्झनामा आर्शु स्मृति प्रतिष्ठान नेपालद्वारा सहयोग हस्तान्तरण

स्व. रत्न गिरिको जन्मदिनको सम्झनामा आर्शु स्मृति प्रतिष्ठान नेपालद्वारा सहयोग हस्तान्तरण

स्व. रत्न गिरिको जन्मदिनको सम्झनामा आर्शु स्मृति प्रतिष्ठान नेपालद्वारा सहयोग हस्तान्तरण

बेथानचोक, काभ्रे, असार १९ – स्वर्गीय रत्न गिरिको जन्मदिनको पावन स्मृतिमा उहाँकी छोरी देविका गिरिले आर्शु स्मृति प्रतिष्ठान नेपालमार्फत एक विपन्न तथा दीर्घरोगी बालकलाई खाद्यान्न तथा आवश्यक सामग्री सहयोग प्रदान गर्नुभएको छ।

बेथानचोक गाउँपालिका–४ निवासी उक्त बालक विगत १२ वर्षदेखि आफ्ना बुवाको निरन्तर स्याहार–सुसारमा ओछ्यानमै जीवन बिताइरहेका छन्। बालकको स्वास्थ्य अवस्था र परिवारको कमजोर आर्थिक अवस्थालाई मध्यनजर गर्दै चामल, दाल, नुन, तेल, चाउचाउ, बिस्कुट, फलफूल, सातु लगायत दैनिक उपभोग्य सामग्री सहयोगस्वरूप हस्तान्तरण गरिएको हो।

सहयोग हस्तान्तरण कार्यक्रम पनौती नगरपालिका–४ झ्यालेपाटीस्थित बिरामीको निवासमै सम्पन्न गरिएको थियो। कार्यक्रममा आर्शु स्मृति प्रतिष्ठान नेपालका रुपेश काफ्ले, राजन अधिकारी, बेली लामा, विपिन दाहाल, हरि प्रसाद हुमागाई, रामसुदन केसी तथा सञ्चारकर्मी सुमन चापागाईंको सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा प्रतिष्ठानले पीडामा रहेका तथा आर्थिक रूपमा विपन्न परिवारहरूको साथमा निरन्तर उभिने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, स्व. रत्न गिरिको जन्मदिनलाई सामाजिक सेवामार्फत स्मरण गर्दै देविका गिरिले देखाउनुभएको मानवीय भावनाको स्थानीयवासीले खुलेर प्रशंसा गरेका छन्।

“जन्मदिनको साँचो उत्सव भनेको अरूको जीवनमा आशाको उज्यालो छर्नु हो” भन्ने सन्देशसहित गरिएको यस सहयोगले समाजमा मानवीय सेवा, परोपकार र सामाजिक उत्तरदायित्वको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित खबर

भिडियो