पावर न्युज एक्सप्रेस, शिक्षा र स्वास्थ्य, समाचार | एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई जनही एक लाख, कर्मचारी र शिक्षक पनि सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई जनही एक लाख, कर्मचारी र शिक्षक पनि सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई जनही एक लाख, कर्मचारी र शिक्षक पनि सम्मानित

 

काभ्रे । भुम्लु गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप जनही एक–एक लाख रुपैयाँको चेक हस्तान्तरण गरी सम्मान गरेको छ।

गाउँपालिकाले उत्कृष्ट विद्यार्थीहरूसँगै जग्गाधनी पुर्जा निर्माणका लागि महत्वपूर्ण योगदान पुर्‍याउने सम्बन्धित कर्मचारी, पालिका कर्मचारी, उत्कृष्ट शिक्षक तथा उत्कृष्ट प्रधानाध्यापकहरूलाई समेत सम्मान गरेको हो।

सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेम भुजेलले मेहनत, लगनशीलता र समर्पणको कदर गर्दै अझ उत्कृष्ट कार्य गर्न प्रेरित गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

उहाँले शिक्षा, सुशासन र जनसेवामा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्ने परम्पराले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङले विद्यार्थी, शिक्षक र कर्मचारीहरूको अथक परिश्रमले गाउँपालिकाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले उत्कृष्ट कार्य गर्ने व्यक्तिहरूलाई सम्मान गर्दा अन्य व्यक्तिहरूमा पनि सकारात्मक प्रतिस्पर्धा र थप राम्रो काम गर्ने प्रेरणा मिल्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले शिक्षाको गुणस्तर अभिवृद्धि, कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा प्रभावकारी सेवा प्रवाहका लागि गाउँपालिका निरन्तर प्रतिबद्ध रहेको समेत बताउनुभयो।

गाउँपालिकाले शिक्षा, प्रशासनिक सेवा र सुशासनमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई प्रोत्साहन गर्दै आगामी दिनमा पनि यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित खबर

भिडियो