पावर न्युज एक्सप्रेस, शिक्षा र स्वास्थ्य, समाचार, सुरक्षा | विपी राजमार्गमा बस दुर्घटनाः नेपाली सेनाका अमलदारसहित चार मृतकको पहिचान खुल्यो

विपी राजमार्गमा बस दुर्घटनाः नेपाली सेनाका अमलदारसहित चार मृतकको पहिचान खुल्यो

विपी राजमार्गमा बस दुर्घटनाः नेपाली सेनाका अमलदारसहित चार मृतकको पहिचान खुल्यो
धुलिखेल/विपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोट क्षेत्रमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा मृत्यु हुनेहरूमा काभ्रेको रोशी गाउँपालिका–७ निवासी ३४ वर्षीया फुलमाया तामाङ, रोशी गाउँपालिका–६ निवासी ७५ वर्षीय इन्द्रबहादुर झाँक्री, रोशी गाउँपालिका–८ निवासी ६० वर्षीया प्यारीमाया तामाङ तथा दैलेख घर भएका नेपाली सेनाका अमलदार बमबहादुर भण्डारी, ३० वर्षका रहेका छन् । घटनास्थलमा ८ जनाको निधन भएको थियो । ति मध्ये चारको अझै पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी रविन विस्टले जानकारी दिए ।

शुक्रबार दिउसो २ बजे बनेपाबाट रोशी गाउँपालिका ६ सुँगुरेतर्फ जाँदै गरेको पुर्व अरनिको यातायात समितिमा रहेको बा ३ ख ८३९८ नम्वरको यात्रुबाहक बस विपी राजमार्गको नमोबद्ध नगरपालिका वडा नम्वर ३ स्थित बुच्चाकोटमा सडकबाट ३ सय मिटर तल खसेको थियो । २४ जना सवार यात्रु मध्ये १६ जनाको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । उपचारमा रहेका मध्ये तीनको अवस्था गम्भिर रहेको अस्पतालले जानकारी दिएको छ । स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो ।

सम्बन्धित खबर

भिडियो