समाचार | विद्यार्थीका समस्या समाधान र शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट विनियोजन गर्न नेविसंघ बागमतीको माग

विद्यार्थीका समस्या समाधान र शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट विनियोजन गर्न नेविसंघ बागमतीको माग

विद्यार्थीका समस्या समाधान र शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट विनियोजन गर्न नेविसंघ बागमतीको माग
6490  पटक हेरिएको

 

काठमाडौं । नेपाल विद्यार्थी संघ बागमती प्रदेश कार्यसमितिले प्रदेशभरिका विद्यार्थीका शैक्षिक समस्या समाधान तथा शिक्षा क्षेत्रको सुधारका लागि ८ बुँदे ध्यानाकर्षण पत्र बागमती प्रदेश सरकारसमक्ष बुझाएको छ।

संघले संविधान प्रदत्त शिक्षाको अधिकार सुनिश्चित गर्दै प्रदेशको कुल बजेटको न्यूनतम २० प्रतिशत रकम शिक्षा क्षेत्रमा विनियोजन गर्न माग गरेको छ। साथै सार्वजनिक शिक्षाको गुणस्तर सुधार, छात्रवृत्ति विस्तार, विद्यार्थीमैत्री नीति निर्माण, शैक्षिक पूर्वाधार विकास तथा रोजगारीमुखी कार्यक्रम सञ्चालनमा जोड दिएको छ।

ध्यानाकर्षण पत्रमा विद्यार्थीका लागि पारिश्रमिकसहितको इन्टर्नसिप कार्यक्रम सञ्चालन, सूचना प्रविधि, नवप्रवर्तन तथा उद्यमशीलता प्रवर्द्धन, विद्यालयमा एआई तथा रोबोटिक्स क्लब स्थापना, दिवा खाजा कार्यक्रमको विस्तार र गुणस्तर सुधारलगायतका विषय समेटिएका छन्।

नेविसंघ बागमती प्रदेश कार्यसमितिले विद्यार्थी र युवासँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई आगामी नीति, कार्यक्रम तथा बजेटमा समेटी प्रभावकारी कार्यान्वयन गर्न प्रदेश सरकारसँग माग गरेको जनाएको छ।

ध्यानाकर्षण पत्र नेविसंघ बागमती प्रदेश कार्यसमिति अध्यक्ष युगेश्व कायस्थले प्रदेश सरकारसमक्ष बुझाएका हुन्। अध्यक्ष कायस्थले विद्यार्थीको हकहित, गुणस्तरीय शिक्षा र युवामैत्री नीति निर्माणका लागि संघ निरन्तर खबरदारी गरिरहने बताएका छन्।

 

सम्बन्धित खबर

भिडियो