कला मनोरञ्जन / साहित्य, समाचार | मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड सिजन–२ का प्रतियोगीलाई विशेष मेकअप तालिम

मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड सिजन–२ का प्रतियोगीलाई विशेष मेकअप तालिम

मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड सिजन–२ का प्रतियोगीलाई विशेष मेकअप तालिम
25438  पटक हेरिएको

काठमाडौं । महिला सशक्तिकरण, व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धिलाई मुख्य उद्देश्य बनाएर सञ्चालन भइरहेको मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड सिजन–२ अन्तर्गत प्रतियोगीहरूका लागि विशेष बेसिक मेकअप ट्रेनिङ सेसन सम्पन्न भएको छ।

Bihe Sewa को पावर्डमा तथा Samari International Event Pvt. Ltd. को आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रममा वरिष्ठ ब्युटिसियन नबिना राजस्थला ले प्रतियोगीहरूलाई आधारभूत मेकअप कला, छाला हेरचाह, स्टेज प्रस्तुतीकरण तथा सौन्दर्यसम्बन्धी विभिन्न व्यावसायिक विषयमा प्रशिक्षण दिनुभएको थियो।

ललितपुरको लुभुस्थित Nabina’s Beauty Home and Training Center की सञ्चालकसमेत रहनुभएकी राजस्थला लामो समयदेखि Samari International Event Pvt. Ltd. सँग मेकअप पार्टनरका रूपमा आबद्ध रहँदै आउनुभएको छ। उहाँले प्रतियोगीहरूलाई सौन्दर्य तथा व्यक्तित्व विकाससँग सम्बन्धित व्यवहारिक ज्ञान र सीप प्रदान गर्नुभएको आयोजकले जनाएको छ।

प्रशिक्षण कार्यक्रममा आकृति तामाङ, अश्मिता तामाङ, विपिशा भट्टराई, दीपिका कड्मिया, हिमा कुमारी राजवंशी, कल्पना राई, कामना प्रसाई, खुसीबु कुमारी कर्ण, प्रमिला राई, रचना लोहनी, राधा ढकाल, रोजिना गिरी, सामी, सरिता राई, तानिया खान, तीर्था कुमारी मगर तथा गीता अर्याललगायत प्रतियोगीहरूको सक्रिय सहभागिता रहेको थियो।

आयोजक संस्थाका अनुसार प्रतियोगीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा प्रतिस्पर्धा गर्न आवश्यक सीप विकास गराउने उद्देश्यले यस्ता प्रशिक्षण कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछन्।

नेपाली महिलाहरूको प्रतिभा, सौन्दर्य, नेतृत्व क्षमता र आत्मविश्वासलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने लक्ष्यसहित सञ्चालन भइरहेको मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड सिजन–२ पछिल्लो समय प्रतिष्ठित सौन्दर्य प्रतियोगिताका रूपमा स्थापित हुँदै गएको आयोजकले जनाएको छ।

सम्बन्धित खबर

भिडियो