स्थानीय | आवाजविहीनको आवाज, सहाराविहीनको सहारा बन्न सफल होस् पावर न्युज

आवाजविहीनको आवाज, सहाराविहीनको सहारा बन्न सफल होस् पावर न्युज

आवाजविहीनको आवाज, सहाराविहीनको सहारा बन्न सफल होस् पावर न्युज
5311  पटक हेरिएको

राजन अधिकारी / खानिखोला गाउँपालिका

देश तथा विदेशमा रहेका श्रमिक, व्यवसायी, राजनीतिक नेतृत्व, प्रशासनिक निकाय र आम नागरिकका समस्या, पीडा, सम्भावना र सफलतालाई ऐनाजस्तै छर्लङ्ग देखाउन सक्ने निष्पक्ष र विश्वसनीय सञ्चार माध्यमको रूपमा स्थापित होस्।

सडकदेखि सदनसम्म, संस्कारदेखि सरकारसम्म निगरानी गर्दै सकारात्मक कार्यलाई प्रोत्साहन र गलत प्रवृत्तिलाई खबरदारी गर्ने साहसिक भूमिका निर्वाह गर्दै ठूला र सानाबीचको विभेद अन्त्य गर्दै “ठूलालाई चैन र सानालाई ऐन” भन्ने अवस्थाको अन्त्य गर्न सशक्त कलम चलाउन सफल होस्।

देशको कुनाकाप्चामा हुने अन्याय, अत्याचार, भ्रष्टाचार तथा विविध घटना–परिघटनालाई उजागर गर्दै सत्य, न्याय र जनपक्षीय पत्रकारिताको उदाहरण बन्न सकोस्।

पावर न्युजको सफल, प्रभावकारी र दीर्घकालीन यात्राको हार्दिक शुभकामना! व्यक्त गर्दछौ।

सम्बन्धित खबर

भिडियो