समाचार, सुरक्षा | प्रहरी श्रीमती संघकी अध्यक्ष नविना कार्कीको प्रमुख आतिथ्यमा हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव सम्पन्न

प्रहरी श्रीमती संघकी अध्यक्ष नविना कार्कीको प्रमुख आतिथ्यमा हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव सम्पन्न

प्रहरी श्रीमती संघकी अध्यक्ष नविना कार्कीको प्रमुख आतिथ्यमा हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव सम्पन्न
10498  पटक हेरिएको

 

काठमाडौं । सामाखुशीस्थित हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव कार्यक्रम नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीको प्रमुख आतिथ्यमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कार्कीले दीप प्रज्वलन गरी गर्नुभएको थियो। वार्षिकोत्सवका अवसरमा विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम समेत आयोजना गरिएको थियो, जसले वातावरण संरक्षण तथा हरित वातावरण प्रवर्द्धनमा सकारात्मक सन्देश दिएको विद्यालयले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले बालबालिकाको समग्र विकासका लागि गुणस्तरीय शिक्षा, अनुशासन र सिर्जनशील गतिविधिको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले विद्यालयले शिक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा थप प्रगतिको शुभकामना व्यक्त गर्नुभयो।

यसै अवसरमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरिएको थियो। उक्त सहयोगले विद्यार्थीहरूको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा थप उत्साह र प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।

विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रम सांस्कृतिक प्रस्तुति, सम्मान तथा विविध सिर्जनात्मक गतिविधिसहित उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

सम्बन्धित खबर

भिडियो