समाचार, सुरक्षा | एसएसपी सुरेश प्रसाद काफ्लेले काठमाडौं उपत्यका ट्राफिक प्रहरीको कमाण्ड सम्हाले

एसएसपी सुरेश प्रसाद काफ्लेले काठमाडौं उपत्यका ट्राफिक प्रहरीको कमाण्ड सम्हाले

एसएसपी सुरेश प्रसाद काफ्लेले काठमाडौं उपत्यका ट्राफिक प्रहरीको कमाण्ड सम्हाले
15867  पटक हेरिएको

काठमाडौं – एसएसपी सुरेश प्रसाद काफ्लेले काठमाडौं उपत्यका ट्राफिक प्रहरीको कमाण्ड सम्हालेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखका रूपमा प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्ले ले पदभार ग्रहण गर्नुभएको छ।

आज मिति २०८३/०२/२५ गते कार्यालयमा आयोजित एक कार्यक्रममा एसएसपी काफ्लेले पदभार सम्हाल्दै ट्राफिक प्रहरीले गर्दै आएका कार्यहरूलाई निरन्तरता दिँदै आगामी दिनमा अझ प्रभावकारी, व्यवस्थित तथा त्रुटिरहित सेवा प्रवाहमा जोड दिनुपर्ने बताउनुभयो।

उहाँले सडक प्रयोगकर्ताको भावना र आवश्यकतालाई प्राथमिकतामा राख्दै ट्राफिक व्यवस्थापनलाई थप सुदृढ बनाउने, अनुशासन कायम गर्ने तथा सेवा प्रवाहलाई चुस्त–दुरुस्त बनाउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो।

नवनियुक्त प्रमुख काफ्लेलाई कार्यालयका प्रहरी अधिकृत तथा कर्मचारीहरूले स्वागत गरेका थिए।

सम्बन्धित खबर

भिडियो