काठमाडौं – मधेश प्रदेशका डीआईजी गोविन्द थपलियाले जिल्ला प्रहरी कार्यालय महोत्तरीको भौतिक पूर्वाधार, शान्ति सुरक्षाको अवस्था, र प्रशासनिक कार्यहरूको सूक्ष्म अवलोकन गर्नुभयो ।
निरीक्षणपश्चात महोत्तरी तथा मातहतका प्रहरी युनिट इन्चार्ज र कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै डीआईजी थपलियाले व्यावसायिकता, अनुशासन र नागरिक सेवालाई केन्द्रमा राखेर कार्य गर्न कडा निर्देशन दिनुभयो ।

डीआईजी गोविन्द थपलियाले प्रहरी कार्यालयहरूमा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न र सेवा प्रवाहमा कुनै पनि किसिमको बिचौलियाहरूको प्रभाव पर्न नदिन निर्मम रूपमा प्रस्तुत हुन निर्देशन।शान्ति सुरक्षा र अपराध नियन्त्रण: समाजमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक गतिविधिहरूलाई निरुत्साहित गर्न शून्य सहनशीलता (Zero Tolerance) को नीति अपनाउन आग्रह गर्नुभयो ।











